लीलबहादुर क्षेत्री 'बसाइँ' सरे, ब्रह्मपुत्रको छेउछाउतिर रहिरहनेछ सम्झना

क्षेत्रीले दिएको जबाफ सुनेर छुदेन छक्क परेका थिए। क्षेत्रीले त्यसबेला हाँस्दै भनेका थिए, ‘बसाइँलाई नेपालका पाठकले धेरै प्रेम दिए। ब्रह्मपुत्रको छेउछाउलाई भारतीय पाठकले धेरै मन पराए। म आफैलाई चाहिँ अतृप्त धेरै मन पर्छ। जसको चर्चा खासै हुन सकेन।’