रसुवास्थित भोटेकोशी नदीमा शुक्रबार राति पुनः पानीको बहाव बढेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदीको बहाव बढेको जानकारी दिँदै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणका अनुसार चिनियाँ पक्षबाट प्राप्त सूचनाका आधारमा भोटेकोशी नदीमा पानीको बहाव पुनः बढेको हो। भोटेकोशीको पानी त्रिशूली नदीमा मिसिने भएकाले प्राधिकरणले तल्लो तटीय क्षेत्रमा […]