प्रवासी  मञ्च बेल्जियमले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

यूरोप/प्रवासी नेपाली एकता मञ्च बेल्जियमले सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गरेको छ ।मञ्चका अध्यक्ष जीत लामा र सचिव रमेश कँडेलले बुधबार  संयुक्त प्रेस वक्तव्य जारी गर्दै आम नेपाली जनताको भावना, विधि र तथ्यहरूको आधारमा संविधानको मर्म अनुरुप विघटित प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेको जनाएका छन् ।विज्ञप्तिमा ‘२०७७ पुष ५ गतेका दिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्ड