फिफाको नयाँ वरीयता सार्वजनिक, सुरुका ३२ देश जहाँको त्यहीँ

काठमाडाैं : नेपाल फिफा वरीयतामा पुरानै स्थानमा यथावत् रहेको छ। फिफाले आज अर्थात् १८ फेब्रुअरीमा जारी गरेको वरीयताको नयाँ सूचीमा नेपाल पुरानै १ सय १७ औं स्थानमा छ। वरीयताको शीर्ष स्थानमा युरोपेली देश बेल्जियम नै छ भने दोस्रो स्थानमा पनि फ्रान्स नै छ। नयाँ सूचीमा सुरुका ३२ औं स्थानसम्म कसैको स्थान तलमाथि भएको छैन। एसियाली देशको पहिलो स्थानमा जापान २७ औं स्थानमा यथावत् छ भने इरान पनि २९ औं स्थानमा यथावत् छ। दक्षिण कोरिया पनि ३८ औं स्थानमा यथावत् छ। त्यस्तै दक्षिण एसियाको वरीयतामा श्र