तुलसीपुर उपमहानगरपालिकामा एमालेका खड्काको अग्रता

दाङ – तुलसीपुर उपमहानरपालिकाको मेयरमा नेकपा एमालेले अग्रता लिएको छ। अहिलेसम्मको मतगणनाअनुसार एमालेका टिकाराम खड्काले १ हजार ६३५ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसमा गेहेन्द्र गिरीले १ हजार ५५९ मत प्राप्त गरेका छन्। उपमेयरमा एमालेकी स्यानी चौधरीले १ हजार ६१९ र नेकपा एकीकृत समावादीका जोगबहादुर रानाले १ हजार २७८ मत प्राप्त गरेका छन्। […]