माओवादी पदाधिकारीकाे जिम्मेवारी हेरफेर : वर्षमान विशेष प्रदेश इन्चार्ज, बाग्मतीमा जनार्दन

काठमाण्डाै – सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेकाे छ । आज आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पार्टीका नेताको जिम्मेवारी तोकिएको र हेरफेर गरिएको सम्बन्धी प्रस्ताव पेस गर्नुभएको उहाँका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । त्यसबमोजिम पार्टीका उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेश इन्चार्ज बनाइएको छ । गैरभौगोल...