विदेशी हस्तक्षेप रोक्न अमेरिकामा विशेष अधिकारी नियुक्त

वासिङटन : अमेरिकाले रूस, चीन र अन्य विरोधीबाट चुनावमा हुने हस्तक्षेप र दुष्प्रचारबाट बच्न गुप्तचर विभागहरूलाई समन्वय गर्न केन्द्रीय गुप्तचर एजेन्सी (सिआइए)का अधिकारीलाई नियुक्त गरेको छ।नेशनल इन्टेलिजेन्सकी निर्देशक एभरिल हेन्सकी प्रवक्ता निकोल डि हायले भनिन्‚ ‘हेन्सले जेफ्री विचम्यानलाई चुनावी खतराको सामना गर्न कार्यकारी नियुक्त गरेकी छन्।’विचम्यानले गुप्तचर र साइबर सुरक्षामा प्रमुख भूमिका खेल्दै सिआइएमा ३० वर्ष काम गरेको उनले बताइन्। यो नियुक्ति अमेरिकी लोकतन्त्रमा विदेशी