जापानमा भूकम्प : ४ को मृत्यु‚ सयभन्दा बढी घाइते

तोक्यो : उत्तरी जापानको फुकुसिमा तटीय क्षेत्रमा बुधबार राति गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी चारजनाको मृत्यु हुनुका साथै सयभन्दा बढी घाइते भएका छन्।जापानका प्रधानमन्त्री फुमियो किसिदाले बिहीबार बिहान संसद्‌को बैठकमा भूकम्पमा परी चारजनाको ज्यान गएको र ९७ जना घाइते भएको जानकारी दिएका छन्।स्थानीय समयअनुसार राति ११:३६ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु समुद्रको ६० किलोमिटर गहिराइमा रहेको जापानको मौसम विज्ञान निकायले जनाएको छ।यो क्षेत्र उत्तरी जापानको भाग हो। सन् २०११ मा पनि यो क

सम्बन्धित सामग्री

जापानमा भूकम्प गएको पाँच दिनपछि ९० वर्ष पार गरेकी वृद्धाको सकुशल उद्धार

जापानमा गएको विनाशकारी भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी महिलाको उद्धार गरिएको छ ।

जापानमा ६.१ म्याग्नीच्युडको भूकम्प

जापानमा भूकम्प गएको छ । देशको योङगाउनीमा सोमबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । युरोपेली मेडिटेरानेन सिम्मोलोजिकल सेन्टर (इएमएससी)ले स्थानीय समय अनुसार विहान ११.५३ बजे भूकम्प गएको हो ।भूकम्पका कारण भएको कुनै क्षतिको विवरण भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले जनाएका छन् । अहिले विवरण संकलनको काम भइरहेकाले थप विवरण पछि सार्वजनिक गरिने उनीहरुको भनाइ छ । जापानमा बेला बेलामा यस्तै भूकम्प गइरहने गरेको छ ।

जापानमा भूकम्प गयो

एजेन्सी । जापानमा भूकम्प गएको छ । देशको योङगाउनीमा सोमबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।युरोपेली मेडिटेरानेन सिम्मोलोजिकल सेन्टर (इएमएससी)ले स्थानीय समय अनुसार विहान ११.५३ बजे भूकम्प गएको हो ।

जापानमा भूकम्प: दुई जनाको मृत्यु, २० लाख मानिस अन्धकारमा

जापानमा बुधबार साँझ गएको शक्तिशाली भूकम्पमा दुई जनाको मृत्यु भएको छ । भूकम्पमा दर्जनौँ मानिस घाइते भएका छन् । पूर्वी जापानमा ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले पुर्‍याएको जनधनको क्षतिको पूर्ण विवरण विवरण आइनसकेको प्राप्त समाचारमा जनाइएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । भूकम्पपछि बुधबार रातभर र बिहीबार बिहान पनि निरन्तर पराकम्पहरू आइरहेका छन् । भूकम्पको असर राजधानी टोकियोमा पनि देखिएको प्राप्त विवरणहरूमा जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रमा विद्युतीय से

सुनामी र आणविक प्रकोपको एघार वर्षपछि जापानमा प्रार्थना

जापानमा भूकम्प र सुनामीका कारण १८ हजार ५०० मानिसको मृत्यु र  बेपत्ता भएको  ११ वर्ष पुगेको छ  ।  फुकुशिमामा विनाशकारी आणविक पग्लिएको ११ वर्षपछि जापानको उत्तरपूर्वमा मानिसहरूले शुक्रबार प्रार्थना गरेका छन् ।  उत्तरपूर्वी जापानमा मार्च ११ ,२०११ मा गएको ९.० म्याग्निच्युडको भूकम्प अहिलेसम्म रेकर्ड गरिएका सबैभन्दा शक्तिशाली मध्ये एक थियो । स्थानीय समयानुसार शुक्रबार २ः४६ अपराह्नमा  विनासकारी भूकम्प र सुनामीमा ज्यान गुमाए व्यक्तिहरूप्रति सम्झना स्वरुपमा एक मिनेटको मौन धारण

जापानमा भूकम्प

जापानको कागोशिमा प्रान्तमा बिहीबार ६.० म्याग्निच्युडको भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । स्थानीय समयानुसार बिहीबार बिहान ११ः५ बजे भूकम्प गएको थियो ।

जापानमा भूकम्प

एजेन्सी । जापानको कागोशिमा प्रान्तमा बिहीबार ६.० म्याग्निच्युडको भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।स्थानीय समयानुसार बिहीबार बिहान ११ः०५ बजे भूकम्प गएको थियो ।

जापानमा भूकम्प

जापानको हसाकीमा भूकम्प गएको छ । भूकम्पको म्याग्निच्युड ५.१ मापन गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार हासाकीको ११२ किलोमिटर उत्तर पूर्बमा करिब तीन बजे भूकम्प गएको हो । अमेरिकी जियोलोजिकल सर्भेले भूकम्पको केन्द्र जमीनको सतहबाट १० किलोमिटर भित्र मापन गरिएको उल्लेख गरेको छ । भूकम्पबाट भएको क्षति सम्बन्धमा बिस्तृत विवरण आएको छैन् ।