विवेकशील साझाले गाउँपालिकामा खोल्यो खाता : फेटाको अध्यक्ष र उपाध्यक्षमा विजयी

विवेकशील साझा पार्टीले गाउँपालिकामा खाता खोलेको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन अन्तर्गत विवेकशील साझा पार्टीका उम्मेदवार विजयी भएका हुन् ।बाराको फेटा गाउँपालिकको अध्यक्ष र उपाध्यक्षमा विजयी भएर विवेकशील साझाले खाता खोलेको हो ।  गाउँपालिकको अध्यक्षमा रूस्तम अन्सारी  र उपाध्यक्षमा निलम साह विजयी भएका हुन् । यस्तै गाउँपालिकाको वडा नं ३ को अध्यक्षमा मौलाना मिरहमजा ठकुराइ र ६ को अध्यक्षमा प्रहलाद साह तेली विजयी भएका छन् । 

सम्बन्धित सामग्री

विवेकशील साझाले खाता खोल्यो, अन्सारी वडाध्यक्ष निर्वाचित

काठमाडौं । विवेकशील साझा पार्टी स्थानीय चुनावमा पहिलो वडाध्यक्ष जितेको छ । बाराको फेटा गाउँपालिका वडा नम्बर ६ मा सो पार्टीबाट मौलाना मिरहमजा ठकुराईइ विजयी भएका हुन् । यसैगरि सदस्यमा विवेकशील साझाकै कुदरत मिया अन्सारी, लालबाबु ठकुराई र महिला सदस्यमा कलिमा खातुनले जितेका छ । सो गाउँपालिकाको जारी मतगणनामा अध्यक्ष र उपाध्यक्षमा पनि विवेकशील साझाका […]