घरेलु तथा साना उद्योगमा महिलालाई बिनाधितो ऋण दिन पहल गर्छु : मन्त्री रेग्मी

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आर्थिक गतिविधिमा महिलाको पहुँच बढाएर अधिकार सुनिश्चित गर्नुपर्ने बताएकी छन् । ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले आयोजना गरेको कार्यक्रममा उनले कृषि उत्पादन, माछापालन, कुखुरापालन एवं घरेलु तथा साना उद्योगमा लाग्ने महिलालाई बिनाधितो ऋणको व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता जनाइन् ।