दसैँ मनाउन मामाघर हिँडेका बालकलाई खोलाले बगायो

अर्घाखाँचीको सन्धिखर्कमा दसैँ मनाउन मामाघर हिँडेका बालकलाई खोलाले बगाउँदा  बेपत्ता बनाएको  छ । सन्धिखर्क नगरपालिका वडा नम्बर(७, खाँचीकोट किटेनी निवासी तारा पौडेलका १० वर्षीय छोरा समीर पौडेललाई स्थानीय फर्ज्याङ खोलाले आज दिउँसो बगाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। पौडेलले एक छोरा र एक छोरी लिएर दसैँ मनाउन भूमिकास्थान–७, चिदिचौर जाने क्रममा खोला तर्न खोज्दा बालकलाई बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक  कृष्ण घिमिरेले जानकारी दिए।