कांग्रेसमा बल्ल संघीयताको अभ्यास

संघीयता लागू भएपछि पहिलोपटक कांग्रेसले प्रदेश तहमा नेतृत्व चयन प्रक्रिया थालेको छ । महाधिवेशन सुरु हुनुभन्दा करिब एक साताअघि बिहीबार प्रदेश अधिवेशन सुरु गरिएको हो । सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो २ बजे भर्चुअल माध्यमबाट एकसाथ प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको अधिवेशन उद्घाटन गरे । प्रदेश १ मा आन्तरिक विवादका कारण अधिवेशन उद्घाटन हुन सकेन ।