‘विश्वविद्यालय थप्ने कि भएकालाई राम्रो बनाउने ?’

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा नयाँ विश्वविद्यालय थप्दै जाने कि भएका विश्वविद्यालयलाई गुणस्तरीय र व्यवस्थित बनाउने भन्नेमा सांसदहरूबीच मतान्तर देखिएको छ । राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९’ मा प्रतिनिधिसभामा राखिएका संशोधनका विषयमा आजका लागि राखिएको छलफलमा कतिपय सांसदले नयाँ विश्वविद्यालय आवश्यक हो/होइन ? नेपाल विश्वविद्यालय खोल्न सम्भाव्यता अध्ययन भएको छ वा छैन ? नयाँ विश्वविद्यालय खोल्दैमा शिक्षाको गुणस्तर बढ्छ ? भन्ने प्रश्न गरेका छन् ।   कतिपय सांसदले सरकारले आवश्यकता ठानेर विधेयक ल्याएको र राष्ट्रियसभाबाट प्रतिवेदन प्राप्त भइसकेकाले विधेयक आवश्यक छ वा छैन भने प्रश्न गर्नु उचित नभएको तर्क गरे । सांसदहरूले युवालाई नेपालमै रोजगारी दिनसक्ने विश्वविद्यालय मात्रै आवश्यकता रहेकामा जोड दिएका थिए ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, विज्ञहरू, शिक्षा मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहभागी बैठकमा विज्ञहरूले नयाँ विश्वविद्यालय खोल्न प्रोत्साहन गर्दा यसले प्रतिस्पर्धा र नयाँपन ल्याउने धारणा राखे ।   नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद रघुजी पन्त र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले नयाँ विश्वविद्यालय खोल्नुको औचित्य स्पष्ट भएपछि मात्रै विधेयकमाथि छलफल गर्नु वाञ्छनीय हुने बताए ।  नेपाली कांग्रेसका जीवन परियार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का देवेन्द्र पौडेलले विधेयक प्रस्तुत भइसकेकाले यसको आवश्यकता हो÷होइन भनेर विषयान्तर गर्नु उचित नहुने तर्क गरे ।  शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, शीप र रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम जनशक्ति उत्पादन गर्न सो विश्वविद्यालय खोल्न सरकारले प्रस्ताव गरेको हो । सो विश्वविद्यालयको पूर्वाधार विकास समितिका अध्यक्ष डा. अर्जुन कार्कीले अन्तरविधात्मक अवधारणा (लिवरल आर्ट)सँग सम्बन्धित विधामा गैह्रसरकारी क्षेत्रको सार्वजनिक अध्ययन, अध्ययन तथा अनुसन्धानमार्फत् मुलुकको समृद्धिका लागि टेवा दिन यो विश्वविद्यालय सक्षम हुने विश्वास दिलाए ।  काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन प्रा. डा. बालचन्द्र लुइँटेलले कुनै पनि मुलुकको विकास र जनशक्तिको आवश्यकताको मूल्याङ्कनका आधारमा नयाँ विश्वविद्यालय स्थापना हुने बताउँदै विद्यार्थीले खोजेका विषयमा गुणस्तरीय शिक्षा र रोजगारी दिन सकेमा विदेश जानेमध्ये ३० प्रतिशत विद्यार्थी टिकाउन सकिने बताए ।  स्वशासित र स्वायत्त हुने सो विश्वविद्यालयमा नेपाल सरकारको आर्थिक दायित्व नपर्ने विधेयकमा उल्लेख छ । विधेयकमा ३६ सांसदले दिएका संशोधनमाथि आगामी बैठकमा छलफल हुने समितिका सभापति भानुभक्त जोशीले जानकारी दिए । रासस

सम्बन्धित सामग्री

एक घण्टा हिँडाइमा एक झोलुङ्गे पुल बनाउने घोषणा

सरकारले एक घण्टाको हिँडाइमा एक झोलुङ्गे पुल बनाउने घोषणा गरेको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एक घण्टाको हिँडाइमा एक झोलुङ्गे पुल बनाउने घोषणा गरेका हुन् ।

नमुना टीकापुर बनाउने न्यौपानेको प्रतिबद्धता

२९ कात्तिक, काठमाडौं । नेकपा एमालेबाट कैलाली–१ को प्रदेशसभा २ का उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले नमुना टीकापुर बनाउने प्रतिबद्धता गरेका छन् । उनले विकासका योजनाहरू अघि सार्दे टीकापुरलाई कर्णाली करिडोसहितको नमुना सहर बनाउने बताएका हुन् । ‘संघीय संसदका सांसदहरूले नीति बनाउने हो । विकासका योजना प्रदेश सरकार र स्थानीय सरकारले गर्ने हो’, उनले भने, ‘त्यसकारण मैले […]

मादल बनाउने पेसा धान्दै ‘रामबहादुर’

पाल्पाको रामपुर नगरपालिका– ८ स्थित कटहरटार बस्ने रामबहादुर उमेरले ५९ वर्षमा लागे, मादल बनाउने मोह उनको जवानी अवस्थाकै छ। पिँढीमा बसेर मादल बनाउने र विभिन्न ठाउँमा पुगेर बेच्ने गर्छन्। उनी भन्छिन्, ‘कपाल दाह्री फूल्यो तर मादल बनाउने मोह घटेन, मादल बनाएरै ब...

एमालेले विद्यालाई उपसभामुखको उम्मेदवार बनाउने

नेकपा एमालेले भोलि हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनमा विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।  एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए । ‘उपसभामुखमा विद्या कमरेडलाई उम्मेदवार बनाउने सिफारिस गरेको छ’, नेम्वाङको भनाइ छ । यसअघि लोसपाले उम्मेदवारी दिने हुँदा एमाले उम्मेदवारी नदिने पक्षमा रहेपनि लोसपाले उम्मेदवारी नदिने भएपछि भट्टराईलाई अघि सारेको हो । उपसभामुख पदका लागि भट्टराईले असन्तुष्टि जनाउँदै उम्मेदवारी नदिने

माओवादीले उपत्यकामा विशेष समिति बनाउने

काठमाडौं, २३ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले उपत्यकामा संगठन विस्तार गर्न विशेष समिति बनाउने भएको छ । माओवादीको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपत्यकामा विशेष समिति बनाउने प्रस्ताव राखेका हुन् । बैठकमा बोल्दै प्रचण्डले अखिल क्रान्तिकारीमा देखिएको विवाद समाधान गर्न पनि विशेष समिति बनाउने बताए । समितिले […]

रमितले फिल्म ‘पृथ्वीनारायण शाह’ बनाउने

अभिनेता रमित ढुंगानाले पृथ्वीनारायण शाहको बारेमा चलचित्र बनाउने बताएका छन् । हालै रोल्पा घुम्न पुगेका रमितले ‘पृथ्वीनारायण शाह’को बिषयमा चलचित्र बनाउने आफ्नो योजना रहेको सुनाएका हुन् । उनी अहिले मुस्कान खातुनको बारेमा चलचित्र बनाउने तयारीमा छन् । त्यसपछि उनको ‘पृथ्वीनारायण शाह’ बनाउने योजना हो ।‘बुद्ध बर्न इन नेपाल’ फिल्म बनाएर संसारमा चिनिएका उनी यतिबेला रोल्पामा छन् । नेपालको १० वर्षे जनयुद्धको उद्गमस्थल रोल्पामा पहिलोपटक आएका नायक ढुंगानाले रोल्पाका विभिन्न

भगवान बनाउने मान्छे

प्रत्येक वर्ष दुर्गा पूजामा भगवानको मूर्ति बनाउने रामबाबुलाई मूर्तिकार भन्दा पनि भगवान बनाउने मान्छेका रुपमा चिन्छन्।...

एमालेमा अध्यक्ष शक्तिशाली बनाउने प्रयास

नेकपा (एमाले)ले आफ्नो विधानमा संशोधन गर्दै पार्टी अध्यक्षलाई शक्तिशाली बनाउने प्रस्ताव गरेको छ । यसअघि गत फागुन अन्तिम साता बसेको एमाले बैठकमार्फत विधान संशोधन गर्ने र अध्यक्षलाई शक्तिशाली बनाउने निर्णय गरेको थियो । सोही अनुसार अहिले विधान संशोधन गरेर एमालेको संरचना बदल्नुका साथै अध्यक्षलाई शक्तिशाली बनाउने गरी विधान संशोधन प्रस्ताव पारित गरेको हो ।सोमबारको केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरिएको विधान संशोधन मस्यौदाअनुसार एमालेको हालको संरचनामा समेत परिवर्तन हुने भएको छ । एमालेमा उपाध्यक्षको हाल

खाँण र कार्कीलाई मन्त्री बनाउने कांग्रेसको तयारी

खाँणलाई गृहमन्त्री बनाउने र कार्कीलाई कानुन मन्त्री बनाउने तयारी रहेको स्रोतको दाबी छ।

कसरी आयो रानीमहलमा होटल बनाउने प्रस्ताव?

एक शताब्दी पुरानो रानीमहलमा हेरिटेज होटल बनाउने प्रस्ताव पेश भएको छ। रानीमहलमा होटल बनाउने प्रस्ताव कहाँबाट र कसले गर्‍यो?