हुम्ला - एक हप्तादेखि विद्युत् सेवा बन्द हुँदा याङ्गु गाउँका स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।
हप्ता दिनदेखि विद्युत् सेवा बन्द भएपछि सिमकोट गाउँपालिका–८ काे याङ्गु गाउँका बासिन्दाअन्धकारमा बस्नु परेकाे हाे ।
विद्युत् सेवा बन्द भएपछि सल्लाको दियालोको भरमा रात कटाउनुपर्ने बाध्यता रहेको उनीहरुले बताएका छन् । नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्रबाट वितरण भएकाे लाइनमा समस्या आएपछि विद्युत् प्रवाह हुन सकेको छैन । विद्युत् केन्द्रबाट विस्तार गरिएका दुईवटा लाइनमध्ये एउट...