काठमाडौं । जीवजन्तुको शरीरमा चोट लाग्दा रगत निस्किन्छ । रगतमा हेमोग्लोबिन नामक तत्व हुने हुनाले धेरै जिवजन्तुको शरीरबाट रातो रगत निस्किन्छ । तर यो दुनियामा एउटा यस्तो वनस्पती छ जसलाई काट्दा मानिसको शरीरबाट निस्किने झैँ रातो ‘रगत’ निस्किन्छ । यो रहस्यमय तथा चमत्कारी वनस्पती दक्षिण अफ्रिका, मोजाम्बिक, नामिबिया, तान्जानिया तथा जिम्बाबे लगायतका देशमा पाइन्छ । […]