सिन्धुपाल्चोक। अक्सिजनको अभावलाई न्युनीकरण गर्न बाग्मती सरकारसँग समन्वय गरेर जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्ने तयारी भइरहेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए। कोरोनाको नयाँ भेरीयन्टको कारणबाट हिजोसम्म सिन्धुपाल्चोकमा संक्रमितको संख्या ६३१ पुग्नुको साथै ६ जनाको मृत्यु भएको छ। ३१९ अक्सिजन सिलिन्डर मध्ये १०९ वटा भरी र बाँकी सिलिन्डर भर्नको लागि काठमाडौं पठाएको उनले बताए।