काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सहरी योजना आयोगका उपाध्यक्ष तपेन्द्रबहादुर खड्कालाई पद तथा गोपनीयताको शपथ गराएका छन्। आज राष्ट्रिय सभा गृहमा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो।
काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्था बमोजिम खड्का उपाध्यक्ष पदमा नियुक्त भएका हुन्।