जनकपुरधाम : प्रहरीले मधेश प्रदेशमा एक वर्षको अवधिमा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा १ हजार २८५ जनालाई पक्राउ गरेका छन्।आर्थिक वर्ष २०७८।७९ मा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा १ हजार २६० पुरुष र २५ महिला गरी कुल १ हजार २८५ जनालाई पक्राउ गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जानकारी दिएको छ।लागुऔषधतर्फ प्रहरीले ४ हजार ३५ किलो ८६० ग्राम गाँजा, १ सय ६४ ग्राम ब्राउन सुगर, ५१ किलो ५ ग्राम ९८० मिलिग्राम चरेस, ९८ ग्राम १६३५ मिलिग्राम हेरोइन‚ २१३ लिटर डाइलेक्स डिसी, ७० हजार