बेलायतका प्रधानमन्त्री बोरिस जोनसन हिजोआज निकै गम्भीर चुनौतीको सामना गरिरहेका छन् । दिनदिनै उनको राजीनामा माग्दै प्रदर्शनहरू भइरहेकाले उनी अभूतपूर्व दबाबको स्थितिमा छन् ।
पोहोर साल बेलायतमा कोरोना संक्रमण रोक्नका लागि कठोर लकडाउन लगाइएको बेलामा जोनसन र उनका सहयोगीहरू प्रधानमन्त्री कार्यालयमा जाँडपार्टीमा रमाएको एकपछि अर्को खुलासा भएपछि जोनसनको राजीनामाको माग आइरहेको हो । जनता भटाभट मरिरहेको अनि लकडाउनका कारण कष्टकर जीवन बिताइरहेको बेलामा सरकारी अधिकारीहरूले मोजमस्ती गरेको खुलासा हुँदा आक्रोशको लहर दौडिनु ...