जसपा विवादः भोलि हुने ‘हेड काउण्ट’ रोक्न सर्वोच्चले आदेश दिएन

काठमाडौँ– सर्वोच्च अदालतले जसपाको आधिकारिकता विवाद टुंग्याउन भोलि (सोमबार) हुने सनाखत (हेड काउण्ट) रोक्ने आदेश दिन अस्वीकार गरेको छ। सोमबार केन्द्रीय कार्यकारिणी परिषद्का सदस्यको सनाखतमार्फत आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले बोलाएको अवस्थामा अध्यक्ष महन्थ ठाकुरले त्यसलाई रोक्न माग गर्दै रिट निवेदन दिए पनि सर्वोच्चले रोक्न अस्वीकार गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाउ […]