भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २ करोड ५० लाख खर्च गरेर निर्माण गरिएको विद्युतीय शवदाह गृह निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि नियमित सञ्चालनमा आउन सकेको छैन। शवदाह गृह निर्माण सम्पन्न भए पनि कनकाई नगरपालिकाले यसको औपचारिक जिम्मेवारी अझै लिएको छैन। सञ्चालनका लागि आवश्यक केही पूर्वाधार पूरा नभएको तथा विद्युत्को […]