डिम्याटको बाढी, पुँजी निर्माणको खडेरी

पुँजी बजार प्रवेश गर्ने अधिकांश कम्पनीको वित्तीय अवस्था अध्ययन गरेर लगानी गर्न आएका होइनन्, आइपिओको चिट्ठाका लागि लाइनमा बसेका हुन्। चिट्ठाले खाता खोल्न लगायो, तर लगानीकर्ता बनाएन। समस्या यहीँ सकिँदैन। आइपिओमा भएको लगभग सुनिश्चित नाफाले लाखौं नागरिकको दिमागमा एउटा खतरनाक र गलत भाष्य बसाइदियो— दोस्रो बजार पनि उस्तै 'सधैं जित्ने खेल' हो।