विमानस्थल व्यवस्थापन सुधारका विषयमा नागरिक उड्डयन र एयरलाइन्सविरुद्ध कारण देखाउ आदेश

पार्किङ शुल्क,  हवाई सेवाको गुणस्तर र विमानस्थल भित्रको विभिन्न क्षेत्रका गरिनुपर्ने सुधारका बिषयमा सार्वजनिक सरोकारको क्षेत्रमा कार्यरत कानून व्यवसायी र अधिकारकर्मीले दायर रिटमा उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले विपक्षी नेपालगञ्ज विमानस्थल नागरिक उड्डयन कार्यालय र एयरलाइन्स कम्पनीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।