टी–२० विश्वकप : नेदरल्याण्ड्सले नामिवियालाई पाँच विकेटले हरायो

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले दोस्रो जित निकालेको छ । अष्ट्रेलियाको जिलोङमा भएको खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ५ विकेटले हरायो । नामिवियाले दिएको एक सय २२ रनको लक्ष्य नेदरल्याण्ड्सले ५ विकेट गुमाएर तीन बल बाँकी छँदै भेटायो । उसको लागि म्याक्स ओडोडले ३५ र विक्रमजित सिँहले ३९ रन बनाए ।  नामिवियाका जेजे स्मितले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नामिवियाले जन फ्राइलिंकको ४३ रन मद्दतमा ६ विकेट गुमाएर एक सय २१ रन बनाएको थियो । पहिलो खेलमा नामिबियाले श्रीलंकालाई र नेदर...