‘प्रशंसा गर्छौ’मा सुनिल र रेजिनाको रोमान्स

गायक बालकृष्ण न्यौपानेको स्वर रहेको नयाँ गीत ‘प्रशंसा गर्छौ’ सार्वजनिक भएको छ । न्यौपानेकै शब्द तथा संगीत रहेको गीतको भिडियो पनि बनेको छ । जसमा सुनिल क्षत्री र रेजिना मगरको अभिनय रहेको छ ।प्रेम र रोमान्स देखाउन खोजिएको भिडियो डान्सिङ शैलीमा तयार गरिएको छ । भिडियोका निर्देशन सुरज श्रेष्ठ हुन् ।भिडियोमा दीपक गिरीको छायाँंकन र अमृत चापागाईको सम्पादन रहेको भिडियोमा प्रशान्त मगरको कोरियोग्राफी रहेको छ ।