काठमाडौं : नयाँ शैक्षिक सत्र शुरु भएको दुई महिनापछि नयाँ पुस्तक छपाइको काम सकिएको छ। सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी चित्रकुमार आचार्यले सबै पुस्तक छपाइ सकिएको जानकारी दिए।गत असार २९ गतेसम्म करिब पाँच लाख थान पुस्तक छाप्न बाँकी रहेको उनले जानकारी दिएका थिए। ‘चालू शैक्षिक सत्रमा छाप्नुपर्ने सम्झौता अनुसारका सबै नयाँ पुस्तक छापिसकिएको छ’, उनले भने।उनले छापिएको पुस्तक दुई दिनभित्र सम्बन्धित ठाउँमा पुर्याइसक्ने बताए।