नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको टिप्पणी गरेका छन् । चितवनको सौराहामा जारी १० औं महाधिवेशनको बन्दसत्र हलले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिएलगत्तै भुसालले सो प्रतिक्रिया दिएका हुन् । उक्त निर्णयले आफ्नो उम्मेदवारीमा कुनै फरक नपर्ने पनि भुसालले जिकिर गरे । 'मेरो उम्मेदवारी उपाध्यक्षमा हो । मलाई उपाध्यक्ष बनाएर ल्याए भने एउटा कुरा हो । नत्र मेरो उम्मेदवारी दिने कुरामा आजको प्रस्तावले कुनै असर गर्दै