बाँकेमा चुनाव प्रचारमा बालबालिकाको प्रयोग, मानवअधिकारवादी संस्थाले जनायो आपत्ति

स्थानीय तह निर्वाचनको प्रचार प्रसारमा नेकपा एमालेले बालबालिकाहरूको प्रयोग गरेको पाइएको छ । बाँकेको डुडुवा गाउँपालिकामा बालबालिकाहरूलाई चुनावी प्रचार प्रसारमा प्रयोग गरिएको भेटिएको हो । बाँकेको डुडुवा गाउँपालिकामा गत बुधबार अनुगमनका क्रममा बालबालिकाहरूलाई निर्वाचनको प्रचार प्रसारमा प्रयोग गरिरहेको भेटिएको मानवअधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप) का केन्द्रीय अध्यक्ष आलम खानले बताए ।‘बालबालिकाहरूलाई एमालेको झण्डा र चुनाव चिन्ह बोकाएर गाउँमा चुनाव प्रचार गर्न हिँडाएको अवस्था देखियो&