साढे २० करोडको लागतमा हेटौंडामा प्रदेश प्रहरी कार्यालय भवन

प्रदेश सरकारको लगानीमा निर्माण गरिएको वाग्मती प्रदेश प्रहरी कार्यालय भवनको मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले उद्घाटन गरेका छन् । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित प्रदेश प्रहरी कार्यालय परिसरमा निर्माण गरिएको प्रशासनिक भवनको बुधबार एक समारोहबीच वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री लामाले उद्घाटन गरेका हुन् ।

सम्बन्धित सामग्री

३६ प्रहरी भवन निर्माण

हेटौंडा । बागमती प्रदेशको आन्तरिक मामिला कानून मन्त्रालयले  प्रदेशअन्तर्गत ३६ प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भएको जानकारी दिएको छ । तीन वर्षका अवधिमा निर्माण सकिनेगरी ४७ प्रहरी भवन निर्माण शुरुआत भएको थियो । उक्त योजनाअन्तर्गत अहिले प्रदेश प्रहरी कार्यालयको भवन निर्माण द्रुतगतिमा भइरहेको बताइएको छ । बाँकी कार्यालयको भवन निर्माण जारी रहेको र यसको ९० प्रतिशत निर्माण पूरा भइसकेको बताइएको छ । प्रदेश प्रहरी कार्यालय अन्तर्गत विभिन्न स्थानका प्रहरी चौकी भवन र इलाका प्रहरी कार्यालय भवन निर्माण भएको हो । सो भवन ९३ करोड २२ लाख ७२ हजारको लगानीमा निर्माण गर्ने लक्ष्य छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद पोखरेलले अघिल्लो आर्थिक वर्षसम्ममा प्रहरीको भवन निर्माणमा ५६ करोड ९७ लाख १६ हजार खर्च भएको थियो भने गत आवमा ३० करोड २५ लाख ५१ हजार खर्च भएको जानकारी दिए । रासस