विदेशबाट ३० लाख माला आयात, स्वदेशीले पाएन माेल

काठमाडौं : सरकारले विदेशबाट यस वर्षको तिहारमा फूल आयात नगर्ने भने पनि ३० लाख माला आयात भएको छ। ती फूल निजीबाट नभइ सरकारी तहबाट आयात भएको हो।फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले विदेशबाट फूल आयात हुँदा नेपालमै उत्पादन भएको फूलले मूल्य नपाएको बताए। अध्यक्ष तामाङले ३० लाख माला विदेशबाट आयात भएको जानकारी दिए। ‘सरकारले विदेशबाट फूल आयात नगर्ने भने पनि यस वर्ष ३० लाख माला आयात भएको छ,’उनले भने।कृषि विकास निर्देशनालयको पुष्प विकास केन्द्रका सूचना अधिकार