खोटाङ : सुत्केरी व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक गर्भवतीको निःशुल्क हवाइ उद्धार गरिएको छ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी २५ वर्षीया रोजिना खड्काको राष्ट्रपति महिला उत्थान कार्यक्रमले खर्च व्यहोर्ने गरी उद्धार गरेर सुविधा सम्पन्न अस्पताल पठाइएको हो।गर्भ रहेको ३७ हप्तासम्ममा सुत्केरी व्यथा लाग्नु सामान्य मानिए पनि खड्कालाई गर्भ रहेको ३४ हप्तामै सुत्केरी व्यथा लागेपछि सोमबार उपचारका जिल्ला अस्पताल दिक्तेल लगिएको थियो।स्वास्थ्य जाँचमा उनको पाठेघरको पानीको फोका समय अगावै