निमोनिया, झाडापखाला र रुघाखोकीबाट पीडित छोरालाई थप उपचारका लागि नेपालगन्ज लैजान पिता सुरजले सात दिन लगाएर ३० हजार खर्च जोहो गरे, तर जहाज नै आएन, उपचार अभावमै ६ महिने नाबालक इमरानले...
दसैँमा घर जान पाउनु वर्षभरिको एक उल्लासको समय हुन्छ तर, हुम्लाका सलिन ठकुरी र उनका साथीहरू यतिबेला नेपालगञ्जमा दसैँमा घर जान नपाइरहेको पीडामा रहेका छन् । हुम्लाका लागि एकमात्र यातायातको साधन हवाई जहाजका कम्पनीले काठमाडौँमै उडान केन्द्रित गराएपछि उनीहरूले टिकट पाएका छैनन् । यसपल्ट घर जान पाइन्छ वा पाइँदैन ठेगान नभएको दुखेसो सुनाउँछन् ।अहिले नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान भर्न समिट एयरको एकमात्र जहाज छ । समिट एयरको जहाजका लागि उनीहरू निराश अवस्थामा विमानस्थल परिसरमा भेटिए । बिहीबार ने
दसरकारी जहाजका सञ्चालकहरू नै निजी विमान कम्पनीसँग मिलेर व्यक्तिगत लाभ लिएका कारण सरकारी जहाजको उडान दुर्गममा हुन नसकेको कर्णालीवासीको आरोप छ। ‘नत्र सधैं जहाज ग्राउण्डेड कसरी हुन्छ ? यो जहाज निजी जस्तै चलाउने हो भने सरकारी जहाज फाइदामा जान्छ। सरकारी जहाज फाइदामा जानु भनेको सरकार फाइदामा जानु हो,’ कर्णालीवासी भन्छन्।
कर्णाली प्रदेशका कतिपय जिल्ला सडक सञ्जालमा नजोडिँदै इन्टनेट सञ्जालसँग जोडिन पुगेको कुरा सत्य हो । कर्णालीमा इन्टरनेटको सुविधा पुगेपछि हिँडेर भेटन हप्ताँै लाग्ने आफन्तसँंग छिनभरमै भिडियो कलमा दोहोरो कुरा गरी खबर आदानप्रदान गर्न सम्भव भएको छ । जहाज चढेर आउने चिठीपत्र मोबाइल र कम्प्युटरमा आउन थालेका छन् भने इमेलमार्फत पनि चिठीपत्रको आदानप्रदान हुने गरेको छ । भौतिक सुख सुविधा उपभोग गर्न कर्णालीवासी कतिले पाएका छन् त्यो त भोग्नेलाई थाहा होला तर सूचना प्रविधिको विकास र विस्तारले गर्दा कर्णालीवासी सञ्चार र सूचना प्रविधिको उपयोग र उपभोग गर्नबाट वञ्चित हुन परेको अवस्था भने छैन । त्यसको गुणस्तर र सर्वसाधारण नागरिकसम्मको सहज पहुँचका बारेमा छुट्टै बहस गर्नु बेस होला तर सूचना प्रविधिको छिपछिपे उपयोग भने नागरिक स्तरसम्मै भएकै मान्नु पर्छ । कर्णा