चुनावमा १० अर्ब खर्च हुने निर्वाचन आयोगको अनुमान

काठमाडौं।आफ्ना मागहरु राख्दै संघर्षरत नायबसुब्बाहरु छातीमा पम्पेल्ट टाँसेर काममा फर्किएका छन्।मङ्सिरमा हुन गइरहेको चुनावमा १० अर्ब खर्च हुने निर्वाचन आयोगले अनुमान गरेको छ।कर्णाली प्रदेशका उद्योगमन्त्री वीरबहादुर शाहीले सपथ ग्रहण गरेका छन्।इष्टर्न हाइड्रोले भदौ सात गतेदेखि आईपीओ खुला गर्दै छ।क्यान्सर गराउने रसायन भेटिएको आरोप लागेपछि जोन्सन बेबी पाउडरको उत्पादन र बिक्री बन्द गरिएको छ।

सम्बन्धित सामग्री

आयोगद्वारा मंसिर २ गतेका लागि निर्वाचन मिति प्रस्ताव, १० अर्ब खर्च माग

निर्वाचन आयोगले आगामी मंसिर २ गतेका लागि प्रदेश र संघको निर्वाचनको मिति प्रस्ताव गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहितको छलफलमा आयोगका पदाधिकारीले मंसिर २ गतेका लागि चुनावको मिति प्रस्ताव गरेका हुन् ।आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएको हो । निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचन सम्बन्धी कानुनमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले