डोटी । सम विकास केन्द्र 'ईडिसि' डोटी नामक गैरसरकारी संस्थाले चार वटा स्थानीय तहलाई २० लाख बढीको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । डेनमार्कको गैर सरकारी संस्था डीसीए नेपालको आर्थिक सहयोगमा उक्त संस्थाले जिल्लाका पूर्वाचौकी गाउँपालिका, शिखर नगरपालिका, के.आइंसिंह गाउँपालिका र जोरायल गाउँपालिकालाई २० लाख ६५ हजार ८२९ मूल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको संस्थाका अध्यक्ष अधिराज बिसी बताए ।