भारतले तिब्बत स्वायत्त क्षेत्रलाई स्वतन्त्र मुलुकका रूपमा पहिचान गर्दैन र एक चीन नीतिमा ऊ अडिग छ ।
तर पोहोर साल लद्दाखमा भएको भिडन्तपछि भारतमा तिब्बती स्वतन्त्रताका विषयमा माहोल बन्न थालेको छ ।
यसैबीच विश्व हिन्दू परिषद्ले तिब्बतलाई चीनले कब्जा गर्नु क्षमा दिन नसकिने पाप भएको दाबी गरेको छ । तिब्बतको निर्वासित सरकारका नवनिर्वाचित प्रमुख पेन्पा छिरिङलाई आइतवार बधाईपत्र दिने क्रममा परिषद्को यो भनाइ आएको हो ।
‘दुर्व्यवहार तथा विश्वासघातमार्फत चिनियाँ कम्युनिस्ट पार्टीले तिब्बतमाथि सैन्य अतिक्रमण गरेर उपन...