‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधिकरण’ मूल नाराका साथ पुस ८ गतेदेखि बुटवलमा सञ्चालन हुन लागेको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी तीब्र पारिएको छ ।
उद्योग व्यापार संघ बुटवलको आयोजनामा देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म सञ्चालन हुने मेलाको ६० प्रतिशत तयारी पूरा भएको आयोजकले जनाएका छन् ।
मेला सचिवालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा हालसम्म करिब तीन सय स्टल दर्ता भइसकेका संघका अध्यक्ष गोबिन्दराज गैरेले बताए । स्वदेशी तथा विदेशी गरी ...