प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) ले शिरमा देश र मनमा मधेश राखेर आजबाट जन्मभूमिका लागि कार्य थालनी गर्ने बताएका छन् ।आइतबार प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा पद बहालीपछि प्रदेशवासीको नाममा सम्बोधन गर्दै उनले देश, जनता र संविधानलाई पहिलो र महत्वपूर्ण आधार बनाएर प्रदेश २ भित्रका प्रत्येक नागरिकलाई साझा, शान्त, समृद्ध र समभाव सहितको समाज निर्माणमा आफूले भूमिका निर्वाह गर्ने बताए । उनले प्रदेश २ मा सुशासन, सद्भाव र समभाव र समृद्धि कायम गर्न गराउन प्रदेश सरकासँग आफ्नो सहकार्य रहने बताए ।