सुनकोशी-मरिणको १४ अर्बे ठेक्कामा अख्तियार प्रवेश, सम्झौतादेखि लागत अनुमानसम्मका कागजात माग

काठमाडौँ । राष्ट्रिय गौरवको सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध, विद्युत गृह तथा हाइड्रोमेकानिकल संरचना निर्माणसम्बन्धी करिब १४ अर्ब रुपैयाँको ठेक्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको छ। आयोगले पटेल-रमण संयुक्त उपक्रमसँग भएको ठेक्का सम्झौताको मिति, लागत अनुमान तथा ठेक्कासँग सम्बन्धित अन्य विवरण जलस्रोत तथा सिँचाइ विभागसँग मागेको खुलेको हो। ठेक्का सम्झौता हुँदाका आयोजना प्रमुख […]