चीनको युननानस्थित खुनमिङ सहरमा सुरू भएको चीन-दक्षिण एसिया एक्स्पोमा नेपाल थिम अर्थात् शीर्षक मुलुक बनेको छ । ‘एकताबद्ध सहयोगमा संयुक्त विकास’ भन्ने नाराका साथ सुरू भएको सातौं संस्करणको एक्स्पो तथा २७औं खुनमिङ आयात-नियात मेलामा नेपालसँगै म्यानमार पनि शीर्षक मुलुक बनेको छ ।