काठमाण्डाै – ललितपुरको बाग्मती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । पालिकाभित्रका सात वटै वडामा घरधुरी सर्वेक्षण कार्यक्रम सञ्चालन गरी खोप नलगाएका बालबालिका सबैलाई खोप लगाइसकेको प्रमाणीकरण भएकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
पालिकालाई पूर्ण खाेप सुनिश्चित घोषणा गरिएको प्रमाणपत्र जिल्ला स्वास्थ्य कार्यालय प्रमुख तथा जिल्लास्तरीय खोप समन्वय समितिका सदस्य सचिव डाक्टर अर्जुनप्रसाद सापकोटाले प्रदान गर्नुभयाे । घरधुरी सर्वेक्षणमा शून्य डोज खोप ...