नेपाल बैंकको तेस्रो त्रैमासको मुनाफा २ अर्ब ५७ करोड

मुलुकको अग्रणी बैंक नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको प्रथम ९ महिनामा २ अर्ब ५६ करोड ७७ लाख खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको सञ्चालन मुनाफा ३ अर्ब १२ करोड छ । बैंकको खुद मुनाफा गत वर्षको यस अवधिको तुलनामा २.०६ प्रतिशतले बढी छ । यस अवधिमा बैंकको निक्षेप ९० अर्ब ८१ करोड र कर्जा ७९ अर्ब ७१ करोड पुगेको छ ।