नयाँ सरकारको ध्यान जानैपर्ने विषय

आम निर्वाचनको परिणाम आम नागरिकले सोचेअनुसार देखियो । कांग्रेस तथा एमाले बढी सीट जित्ने पार्टीमा सूचीकृत भए तर एक्लै सरकार बनाउने अवस्था थिएन । एमालेको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा हुनुभयो । प्रधानमन्त्री दाहालले लगभग ९९ प्रतिशत बहुमत प्राप्त गर्नुभयो । राजनीतिमा त चमत्कार देखियो अब आमजनता आफ्नो जीवनमा चमत्कारको प्रतीक्षामा छन् । दृढ इच्छाशक्तिको जरूरत छ र चमत्कारको शुरूआत पनि हुनेछ । त्यसका लागि नयाँ सरकारले निम्न कुरामा ध्यान देओस् : १) भूमि सुधार तथा मालपोत : वर्षौंदेखि जमीनको मोही नभएको र सम्बद्ध भूमिसुधारले यो प्रमाणित पनि गरेको जमीनमा अहिले आएर सम्बद्ध भूमिसुधारले मोही भएको प्रमाणित गरिरहेको छ । भूमिसुधारको निकाय, रजिस्ट्री, नक्सा फाँट तथा अन्यसमेत सबैमा भ्रष्टाचारीहरूको गहिरो प्रभाव छ । भ्रष्टाचारीहरूलाई राजनीतिक संरक्षण प्राप्त छ र यस्तो काम भइरहेको छ । २)    भन्सार कार्यालयहरूमा निर्धारित चलखेल भइरहेको छ । त्यसबाट पनि नपुगी हार्मोनिक जस्तो संवेदनशील कुरोमा मूल्यांकनको ठाउँमा अतिरिक्त लेनदेनविना काम हुन सक्दैन । सरकारी राजस्व असुलीको नाउँमा आफ्नो खल्ती भर्ने काम भइरहेको छ र व्यक्ति वा फर्मलाई अनाहकमा दु:ख दिइएको छ । भारतीय ट्रक जुन लोड भएर भन्सार जाँचपासको नाममा रोकिन्छ त्यसको डिटेन्सन पनि करोडौंमा हुन्छ । ३)    राजस्व निश्चित हुन्छ । त्यसमा कुनै समस्या हुँदैन तर जाँचकी, मूल्यांकन, मास्टर साहबहरूको खाजस्व फरकफरक तिर्दै भन्सारबाट जाँचपास गरी आफ्नो गन्तव्यमा जान्छन् । एक दुई सालपछि काठमाडौंस्थित पीएसएले अमुकअमुक प्रज्ञापनमा वर्गीकरणको समस्या देखिएकाले सालभरिको पैठारी गरेको प्रज्ञापनपत्र लिई यति दिनभित्र उपस्थित हुनु होला भनेर पत्र पठाउँछ । कुनै पनि उद्योग तथा व्यवसायलाई दुई बाकसमा कागजात लिई जान सम्भव हुँदैन । नियमले पीएसएले सम्बद्ध भन्सार कार्यालयलाई लेखेर त्यो समस्या समाधान गर्न सक्छ तर त्यसो गर्दैनन् । अनाहक थप लेनदेनका लागि दु:ख मात्र दिएको देखिन्छ । ४)    यातायातमा कुनै गाडीमा नम्बर प्लेट बागमतीको छ भने मोरङ यातायातले गाडीको वार्षिक नवीकरण शुल्क लिँदैन तर चोर ढोकाबाट भने लिन्छ । यो के हो ? सिस्टम कम्प्युटराइज्ड छ तर नवीकरण गर्न जाने व्यक्तिको बिजोग हुन्छ । विनामध्यस्थकर्ता र सोर्स कसैले यो सेवा प्राप्त गर्न सक्दैन । सरकारको संयन्त्र विफल भइसकेको छ र मध्यस्थकर्तामार्फतको संयन्त्र मालामाल छ । ५)    आन्तरिक राजस्वको हाल पनि अछुतो छैन । मिलिजुली छ भने तथास्तु नभए जथाभावी । जथाभावीको हकमा पुनरवलोकनको व्यवस्था छ तर त्यो प्रक्रिया मात्र हो । अदालतको शरणमा जान पनि कठिन छ । जथाभावी लगाइएको कर यदि आयकर मात्र छ भने केही प्रतिशत भ्याट, अन्त:शुल्क छ भने शतप्रतिशत जम्मा गरेर मात्र अदालत जान सकिन्छ । अदालतबाट मुद्दाको फैसला सकारात्मक आएमा उनीहरूलाई कुनै सजाय नहुने भएकाले यो डिपार्टमेन्टमा मनपर्दी भइरहेको छ । उपर्युक्त समस्या केहीमा सामाधान भयो भने तत्काल चमत्कारको शुरुआत हुनेछ । विसंगति चरममा छ, बुभ्mन सकियो भने भयावह छ, अन्यथा तैं चुप मै चुप । प्रशान्त रिजाल विराटनगर ।

सम्बन्धित सामग्री

नेपालका खोलानाला भारतलाई जिम्मा लगाउने काममा सरकारको ध्यान केन्द्रित: लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको ध्यान नेपालका खोलानाला भारतलाई जिम्मा लगाउनेमा केन्द्रित भएको बताएका छन्।...

परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित छः अर्थमन्त्री

अर्थमन्त्री डा.प्रकाशशरण महतले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित लगानी बोर्डको कार्यक्रमलाई सम्बोधन गर्दै उनले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ केन्द्रित गर्दा निजी र विकास क्षेत्रलाई सामेल गर्ने अवसर मिल्ने बताएका हुन् । उनले प्रतिफलको आन्तरिक दर र परियोजनामा लगानी गरिएको जोखिम सम्पत्तिको प्रतिफल लगायतमा छलफल चलाउन जरुरी रहेको बताए […]

राष्ट्रियसभा : मूल्य वृद्धिमा सरकारको ध्यान पुग्न सकेन

काठमाडौँ,२५ साउन । राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले जनताको ढाड सेक्ने गरी दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भए पनि त्यसतर्फ सरकारको ध्यान पुग्न नसकेको बताएका छन् । तेलको मूल्य घटबढ हुँदा सामान्यतः समायोजन गर्ने चलन रहे पनि त्यसो नगरिएको उल्लेख गर्दै राष्ट्रियसभाको विशेष समयमा सांसद भट्टराईले भने, “नियमतः यो समायोजन हुनुपर्ने हो, यस बारेमा सरकारको ध्यान छैन, […]

‘मूल्य वृद्धिमा सरकारको ध्यान पुग्न सकेन’

काठमाडौँ– राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले जनताको ढाड सेक्ने गरी दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भए पनि त्यसतर्फ सरकारको ध्यान पुग्न नसकेको बताएका छन् । तेलको मूल्य घटबढ हुँदा सामान्यतः समायोजन गर्ने चलन रहे पनि त्यसो नगरिएको उल्लेख गर्दै राष्ट्रियसभाको विशेष समयमा सांसद भट्टराईले भने, ‘नियमतः यो समायोजन हुनुपर्ने हो, यस बारेमा सरकारको ध्यान छैन, अरू वस्तुको […]

पेट्रोलियम पदार्थको विकल्पमा सरकारको ध्यान पुगेन : प्रेम सुवाल

१७ साउन, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको विकल्पको रुपमा सरकारको ध्यान नपुगेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बाल्दै सांसद सुवालले यस्तो बताएका हुन् । उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटिसकेको भएपनि नेपाली बजारमा घटाउन नलागिएकोप्रति आपत्ति जनाए । उनले नेपाल आयल निगमको सञ्चित नोक्शानी ३१ अर्ब पुगेको […]

पेट्रोलियम पदार्थको विकल्पमा सरकारको ध्यान पुगेनः प्रेम सुवाल

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको विकल्पमा सरकारको ध्यान नपुगेको बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बाल्दै सांसद सुवालले यस्तो बताएका हुन्। उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटिसकेको भए पनि नेपाली बजारमा घटाउन नलागिएकोप्रति आपत्ति जनाए। उनले नेपाल आयल निगमको सञ्चित नोक्सानी ३१ अर्ब पुगेको बताइरहेका बेलासमेत सरकारले पेट्रोलियम पदार्थको […]

अर्थतन्त्रमा सरकारको ध्यान जानु आवश्यक

चालू आर्थिक वर्षको सुरुवातदेखि नै अर्थतन्त्रमा मन्दी आउन थालेको हो । सरकारको ध्यान राजनीतिक शक्ति संग्रह तथा स्थानीय चुनावमा केन्द्रित भएका कारण पनि चालू आर्थिक वर्षमा अर्थतन्त्रप्रति ध्यान दिन सकेन । तर, यसो भन्दैमा सरकारले छुट पाउँदैन । किनकि राजनीतिक दलले सत्ता प्राप्त गरेपछि अर्थतन्त्रलाई ध्यान नदिएर नातागोतालाई पद तथा पैसा बाँड्ने तथा भ्रष्टाचारप्रति आँखा […]

सेयर बजारको विस्तारमा सरकारको ध्यान

सेयर बजार सुधार हुँदै जाँदा सरकारको राजस्व आम्दानी पनि बढेको छ । त्यसैले सरकारले पुँजी बजारलाई लगानीकर्तामैत्री बनाएर ब्रोकरलाई सक्षम बनाउँदै बजारको विस्तारमा ध्यान दिनु आवश्यक छ । सरकारलाई राम्रै राजस्व आम्दानी बुझाउने सेयर बजारको बारेमा सरकारको ध्यान पुग्न सकेको छैन । अर्थ मन्त्रालयको एउटा शाखा जस्तो नियामक निकायले अर्बौंका सूचीकृत कम्पनीको नियमन गर्न सहज […]

सरकारको ध्यान श्वेतपत्रमा

काठमाडौं, साउन ३ । नयाँ सरकार गठन भएसँगै मुलुकको पछिल्लो आर्थिक अवस्था प्रस्तुत गर्न सरकारले श्वेतपत्र ल्याउने भएको छ । सर्वोच्चको आदेशले केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्थ भएसँगै हालै गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारले मुलुकको आर्थिक अवस्थाको यथार्थ बताउने गरी श्वेतपत्र ल्याउन ध्यान केन्द्रित गरेको हो । शेरबहादुर देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्माले […]