दाङ । दाङमा बुधबार २०८ जनाले कोरोना खोप लगाएका छन् । पहिलो चरणमा जिल्लाका स्वास्थ्यकर्मी,सरसफाइकर्मी, राष्ट्रसेवकलगायतलाई खोप दिइएको हो । राप्ती स्वासथ्य विज्ञान प्रतिष्ठानमा एकसय २० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ८८ जनालाई कोरोना खोप प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए ।अहिले घोराही र तुलसीपुरबाट खोप प्रदान गरिएको भएपनि केही दिनपछि लमहीमा पनि खोप प्रदान गरिने उनको भनाई छ । दाङमा ६ हजार डोज खोप आएको छ । जिल्लामा राप्ती