एन्फा नेतृत्वकै आडमा नेपाली फुटबलमा अफ्रिकी टिमको रजगज !

इलाम : नेपालका ए डिभिजन क्लबमा देखिने समानता भनेको अफ्रिकन खेलाडी हुन्। विभागीय तीन क्लबबाहेक ए डिभिजनका क्लबले लिगताका विदेशी खेलाडीहरुलाई टिममा समावेश गर्छन्। विगतका लिगलाई हेर्ने हो भने कम्तीमा पनि तीनजना विदेशी खेलाडी हरेक टिममा आवद्ध छन्।कुनै समय विकल्पमा रहेका विदेशी खेलाडी पछिल्लो समय ए डिभिजन क्लबका आवश्यकता झैं भएको छ। लिगबाहेकको समयमा राष्ट्रिय स्तरको प्रतियोगिता होस् या स्थानीय स्तरको प्रतियोगिता, अफ्रिकी मुलका खेलाडीहरुले टिम नै बनाएर खेल्ने गरेका छन्। यीमध्ये केही खेलाडी गैरकानुनी र