प्रधानमन्त्रीले विश्वासको मत पाएपछि संसदको चहलपहल (फोटो फिचर)

प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसदबाट बहुमत प्राप्त गरेपछि ।  काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकमा उहाँले विश्वासको मत लिनुभएको हो । मतदानमा प्रधानमन्त्रीका पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको छ । मतदानमा २४९ सांसदले भाग लिनुभएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले एक जना सांसदले मतदान नगर्नुभएको जानकारी दिनुभयो ।...