काठमाण्डाै - सरकारको नेतृत्वका लागि निर्णायक मानिएको कांग्रेस र माओवादीको बैठक सुरु भएको छ । बैठक केहिबेर अघि बालुवाटारमा सुरु भएको हो । आजको बैठक मुख्य गरी सरकारको नेतृत्व पहिले कांग्रेसले गर्ने वा माओवादी केन्द्रले भन्नेबारेमा केन्द्रित छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यसबीचमा पटक पटक छलफल र वार्ता भए पनि नयाँ सरकारको नेतृत्व पहिले कसले गर्ने भन्ने विषयमा कुरा मिल्न बाँकी छ । कांग्रेस सभापतिसमेत रहेका देउवाले ठूलो दलको हैसियतले पहिले आफ्नो नेतृत्वमा सरक...