नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बैठक बस्नेछ ।आजको बैठकमा स्थायी कमिटी र पोलिटब्युरो पूर्णता, अर्थमन्त्री चयनलगायतका विषयमा छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले बताए । बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि नभएकोले उनैलाई पुनः अर्थ मन्त्रालयको जिम्मेवारी दिने पार्टीको तयारी छ । यसअघि गत शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रदेश बैठकका पूर्वनिर्धारित कार्यतालिक