सुनौलो हजार दिनका एक हजार ४०० आमालाई १७ लाख र पोषण वितरण

सल्यान : कपुरकोट गाउँपालिकालले सुनौलो हजार दिनका आमालाई करिब १७ लाख रुपैयाँ र पोषण प्याकेज वितरण गरेको छ। गाउँपालिकाका एक हजार ३९८ गर्भवती तथा दुई वर्षमुनिका बच्चाका आमालाई पोषिलो खानेकुरासहित पौने १७ लाख रुपैयाँभन्दा बढी रकम वितरण गरेको हो। सुनौलो हजार दिनका आमालाई पोषिलो खानेकुरा किनेर खानका लागि १६ लाख ७७ हजार ६०० रुपैयाँ वितरण गरिएको गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिए।बच्चाको ८० प्रतिशत वृद्धि विकास गर्भावस्थादेखि दुई वर्षको बिचमा हुने भएकाले सुनौलो हजार दिनका