महानगरले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै बार संकलन गर्ने, अवज्ञा गरे कारबाही

काठमाडौं : काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहोर संकलनका लागि तालिका सार्वजनिक गरेको छ। महानगरपालिकाले शुक्रबार सूचना जारी गरी आइतबार र बुधबार कुहिने फोहर संकलन गर्ने बताएको छ। नकुहिने फोहोर सोमबार र शुक्रबार उठाइने छ।तोकिएबमोजिम फोहोर व्यवस्थापनका लागि सहयोग गर्न महानगरले सर्वसाधारणलाई आग्रह गरेको छ। महानगरपालिकाले एक महिनाअघि नै सूचना जारी गरी फोहोर वर्गीकरण गर्नेबारे नगरवासीलाई जानकारी गराएको थियो।  तोकिएको दिनमा वर्गीकरण नगरेको फोहोर