काठमाडौं अवतरण गर्न नसकेको नेपाल एयरलाइन्सको विमान भैरहवा वा पोखरा किन गएन ?

६ माघ, काठमाडौं । शुक्रबार त्रिभुवन विमानस्थलमा भिजिबिलिटी कम भएसँगै उडान/अवतरण प्रभावित भयो । सोही क्रममा नेपाल एयरलाइन्सको उडान नम्बर आरए ४१६ को ए३२० न्यारोबडी जहाज काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसक्दा भारतको कोलकता डाइभर्ट भयो । यो खबर अनलाइनखबरमा प्रकाशित भएसँगै सामाजिक सञ्जालसहित विभिन्न माध्यमबाट एउटै प्रश्न र जिज्ञासा ओइरियो, ‘जहाज किन भैरहवा वा […]

सम्बन्धित सामग्री

पोखरा विमान दुर्घटनामा बेपत्ताको खोजी जारी छ-नेपाली सेना

काठमाडौँ– पोखरा विमान दुर्घटनामा बेपत्ता भएका एक यात्रुको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ। यही माघ १ गते कास्कीको पोखरास्थित सेती खोंचमा दुर्घटना भएको यति एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परी बेपत्ता भएका एक यात्रुको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ। काठमाडौँबाट पोखराका लागि उडेको उक्त विमान अवतरणका क्रममा दुर्घटनापछि हराइरहेका एक यात्रु […]

पोखरा विमान दुर्घटना : २६ जनाको पहिचान खुल्यो

पोखरा– पोखरामा आइतबार भएको यती एयलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये २६ जनाको पहिचान खुलेको छ । आइतबार दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए । अस्वभाविक रुपमा फन्को मार्दै विमान सेती खोंचमा खसेको थियो । दुर्घटनामा परेका अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । त्यसमध्ये २६ जनाको शव पहिचान भएको […]

विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री प्रचण्ड पोखरा जाँदै

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान दुर्घटनाबारे जानकारी लिन आज पोखरा जाने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि उनी विमान दुर्घटनास्थल पोखरा जान लागेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । “अहिले मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ, बैठकपछि प्रधानमन्त्री पोखरा जाने कार्यक्रम छ”, उनले भने, “सम्भवतः प्रधानमन्त्री दुर्घटनास्थलमा समेत पुग्नुहुनेछ […]

पोखरा विमान दुर्घटना अपडेट : ३५ जनाको शव निकालियो

काठमाडौं : पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सबाट ३५ जनाको शव निकालिएको छ। आज काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज पोखरामा दुर्घटनामा परेको हो।हाल उद्धार कार्य भइरहेको र घटनास्थलबाट ३५ जनाको शव निकालिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले थाहाखबरलाई जानकारी दिए। आज काठमाडौंबाट पोखरा गएको यो विमान अवतरणको क्रममा विमानस्थल नजिकैको सेतीको खोचमा दुर्घटना भएको हो।काठमाडौं १०ः२५ मा उडेको यो विमान पोखरामा ११:१० दुर्घटना भएको हो। विमान दुर्घटना हुनुक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक सौर्यको जेट विमान अवतरण

निजी वायु सेवा सञ्चालक कम्पनी सौर्य एयरलाइन्सले नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान गरेको छ । आगामी पुस १७ गतेदेखि विमानस्थल सञ्चालनमा आउने भएपछि सो एयरलाइन्सले सफलतापूर्वक जेट विमानबाट उडान भरेको हो । यससँगै पोखरामा पहिलोपटक सौर्यले उडान गरेको छ । सौर्यले ‘सिआरजे २००’ विमान अवतरण गराएको हो । हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलमा […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जेट विमान अवतरण

पोखरा – पोखरामा पहिलो पटक जेट विमान अवतरण भएको छ। सौर्य एयरलाइन्सले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बम्बार्डियर सिआरजे २०० विमान अवतरण गराएको हो। हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलमा उक्त विमान अवतरण गर्न नसक्ने भएकाले पोखरा उडान भएको थिएन। आज ‘प्रुभन फ्लाइट’ भएसँगै एयरलायन्सले २०२३ जनवरी १ देखि नियमित उडान गर्ने छ। विगत ८ वर्षदेखि आन्तरिक […]

पोखरामा पहिलो पटक जेट विमान अवतरण

काठमाडौँ- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जेट विमान अवतरण भएको छ । सौर्य एयरलाइन्सले आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बम्बार्डियर सीआरजे २०० विमान अवतरण गरेको हो । आउँदो जनवरी १ देखि नियमित उडान भर्नका लागि अभ्यास स्वरुप सौर्यको विमान पोखरा ल्याएको कम्पनीले जनाएको छ । सौर्यले अब दैनिक २ उडान भर्ने जनाएको छ । युरोप, अमेरिका […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक सौर्यको जेट विमान अवतरण

निजी वायु सेवा सञ्चालक कम्पनी सौर्य एयरलाइन्सले नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान गरेको छ । आगामी पुस १७ गतेदेखि विमानस्थल सञ्चालनमा आउने भएपछि सो एयरलाइन्सले सफलतापूर्वक जेट विमानबाट उडान भरेको हो । यससँगै पोखरामा पहिलोपटक सौर्यले उडान गरेको छ । सौर्यले ‘सिआरजे २००’ विमान अवतरण गराएको हो । हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलमा प्राविधिक कारणबाट सो विमान अवतरण गर्न नसक्ने भएकाले यसअघि पोखरामा सौर्यको उडान थिएन । सो एयरलायन्सले अङ्ग्रेजी नयाँ वर्षदेखि नि

उडेको ५ मिनेटमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जब विमान अवतरण भयो..

नागरिक उडड्यन प्राधिकरणले पुस १७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने अन्तिम तयारी गरेको छ । बिहीबार प्राधिकरणको सहयोगमा यती र बुद्ध एयरलाइन्सको विमानले डेमो उडान सफलतापूर्वक गरेका छन् ।दुवै कम्पनीका विमान पुरानो विमानस्थलबाट उडेर नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । पुरानो विमानस्थलबाट उडेको ५ मिनेटमै पोखरा–१४ स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ती विमान अवतरण गरेका हुन् ।विमानमा सवार पत्रकार अनिष भट्टराईका अनुसार २ बजे भनिएको उडान २५ मिनेट ढिला उडाइएको थियो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसहित विमान अवतरण

गण्डकी – पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज यात्रुसहित दुई विमान अवतरण भएका छन् । निजी क्षेत्रका अग्रणी विमान कम्पनी बुद्ध एयरलाइन्स र यति एयरलाइन्सले आफ्नो परीक्षण उडानमा पोखरेली पर्यटन व्यवसायी तथा सञ्चारकर्मीलाई सहभागी गराउँदै साविकको विमानस्थलबाट नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पु¥याएका हुन् । उडानपश्चात् बुद्ध एयरलाइन्सका बजार निर्देशक (मार्केटिङ सेल्स […]